सरकारले कोरोनाको पीसीआर परीक्षण गर्न निजी क्षेत्रका ६ प्रयोगशालालाई दियो अनुमति
- असार २९, २०७७
- 0
सरकारले ६ वटा निजी प्रयोगशालालाई कोरोना भाइरसको पीसीआर विधिबाट परीक्षण गर्ने अनुमति दिएको छ । यी प्रयोगशालाले आफै नमुना संकलन गर्न भने पाउने छैनन । सरकारले संकलन गरेर दिएको नमूना मात्र परीक्षण गर्न पाउनेछन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले मापदण्ड पुगेका काठमाडौँका ४ र बुटवल तथा नेपालगञ्जका १-१ निजी प्रयोगशालालाई पीसीआर परीक्षण गर्न अनुमति दिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्रवक्ता राजेशक्मार गुप्ताले बताए ।
यसरी अनुमति पाउनेमा ललितपुरको स्टार अस्पताल, सिनामंगलको काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल, नयाँ बानेश्वरको सेन्ट्रल डाईग्नोस्टिक ल्याव र लाजिम्पाटको सूर्या हेल्थ केयर तथा बुटवलमा रहेको नेशनल प्याथ ल्याव र नेपालगञ्जमा रहेको बागेश्वरी प्रयोगशाला रहेका छन ।
कोरोना परीक्षण गर्न अहिले देशभर २५ वटा प्रयोगशाला सञ्चालनमा छन् । सरकारले मापदण्ड निर्धारण गरेर अझ प्रयोगशाला थप गर्ने योजना बनाएको छ ।










