आज थप ७० जनामा संक्रमण भेटिदा डिस्चार्ज हुनेको संख्या ४३१, थप ३ को मृत्यु पुष्टि
- असार २७, २०७७
- 0
पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमितको कूल संख्या १६ हजार ७१९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो चौबिस घण्टामा निको भएर ४३१ जना डिस्चार्ज भएका छन । योसँगै सङ्क्रमितको निको हुने दर पहिलो पटक ५० प्रतिशतभन्दा माथि पुगेर ५०.५ प्रतिशत पुगेको छ ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा तीन जना सङ्क्रमितको मृत्यु भएको पुष्टि भएको छ । यो सँगै नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







