आज २३२ जना संक्रमित भेटिए, कोरोनाका कारण थप २ जनाको मृत्यु पुष्टि
- असार २०, २०७७
- 0
पछिल्लो चौबिस घण्टामा देशभर थप २३२ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या १५ हजार २५९ पुगेको छ ।
यस्तै हालसम्म ६ हजार ४१५ जना कोरोनाभाइरसका सङ्क्रमित निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।
थप दुई जनाको मृत्यु
यस्तै गोरखा पालुङटारका ४४ वर्षीय पुरुष र रुपन्देही, देवदेहका ७५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
गत १६ गते कतारबाट आएर पालुङटारको क्वारेन्टिनमा बस्दा स्वास्थ्य बिग्रिँदै गएपछि जिल्ला अस्पतालको आइसोलेनमा भर्ना गरिएकोमा असार २० गते ती पुरुषको मृत्यु भएको थियो ।
यस्तै देवहदका पुरुष क्षयरोगको उपचारका लागि १४ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकोमा उपचारकै क्रममा उनको १७ गते मृत्यु भएको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







