काठमाडौं उपत्यकामा अहिलेसम्मकै बढी १४ संक्रमित भेटिए, देशभर थप ३१६ जनामा कोरोना पुष्टि
- असार १६, २०७७
- 0
काठमाडौ उपत्यकामा मंगलबार अहिलेसम्मकै बढी १४ जनामा कोरोना संक्रमण भेटिएको छ । उपत्यकाको काठमाडौमा १२ जना, ललितपुरमा एक जना र भक्तपुरमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा १४ सहित देशभर थप ३१६ जनामा कोरोना सङ्क्रण पुष्टि भएको जानकारी दिइएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या १३ हजार ५६४ पुगेको छ ।
यस्तै आज थप ६० जना डिस्चार्ज भएसँगै निको हुनेको कुल संख्या ३ हजार १९८ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







