उपत्यकामा ८ सहित थप ४६८ जनामा कोरोना पुष्टि, सङ्क्रमितको संख्या १३ हजार २४८ पुग्यो
- असार १५, २०७७
- 0
पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ८ सहित देशभर थप ४६८ जनामा कोरोना सङ्क्रण भेटिएको छ । योसँगै नेपालमा संक्रमितको कुल संख्या १३ हजार २४८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।
उपत्यकाको काठमाडौँमा ६ जना, ललितपुरमा १ र भक्तपुरमा १ जनालाई कोरोना भाइरस पुष्टि भएको मन्त्रालयले जनाएको छ ।छ ।
यस्तै आज थप १२१ जना डिस्चार्ज भएसँगै कुल निको हुनेको संख्या ३ हजार १३४ पुगेको छ ।
यस्तै ललितपुरको सानेपामा रहेको स्टार अस्पतालमा रौतहटका ३० वर्षका एक पुरूषको निधन भएकोमा उनमा कोरोना संक्रमण पुष्टि भएको पनि मन्त्रालयले जनाएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







