कोरोना संक्रमित १० हजार नाघे, आज ५३८ सङ्क्रमित र थप एकको मृत्यु पुष्टि

news-details

पछिल्लो २४ घण्टामा नेपालमा थप ५३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या १० हजार नाघेको छ । आजसम्म कुल सङ्क्रमितको संख्या १० हजार ९९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै आज थप ७६ जना निको भएर डिस्चार्ज भएसँगै कुल डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार २२४ पुगेको छ ।

यस्तै दैलेखका ४५ वर्षका एकजना पुरूषको कोरोनाका कारणले मृत्यु भएको र योसँगै मृत्यु हुनेको सङ्ख्या २४ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया