गण्डकी प्रदेशमा विहीबार विहान मात्रै  ७७ कोरोना संक्रमित थपिए, मनाङमा पहिलो पटक संक्रमण पुष्टी

news-details

चन्द्रप्रकाश शर्मा / गण्डकी प्रदेशमा बिहीबार बिहान मात्र ७७ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमित पुष्टी भएको छन् । गण्डकी स्वास्थ्य निर्देशनालय बिहीबार बिहानसम्म तीन पटक कोरोना संक्रमितको अप्डेट गरेको थियो । बिहान ५ः४५ बजेको विज्ञप्तीमा ४२ जना, बिहान ८ बजेको विज्ञप्तीमा पाँच जना र बिहान ९ बजेको विज्ञप्तीमा ३० जना नयाँ संक्रमित थपिएका थिए ।

गण्डकी प्रदेशको नवलपरासी पुर्वका ३१, तनहुँमा १५, गोरखामा ११, पर्वतमा ९, स्याङ्जामा ९, बागलुङमा १ र मनाङमा १ जनामा कोरोना संक्रमण पुष्टी भएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३२४ पुगेको हो । मनाङको चामे गाउँपालिकामा कार्यरत कविलवस्तु जिल्लाको बाढगंगा निवासी ५७ वर्षीय पुरुष बाहेक अरु सबै भारतबाट आएर स्थानीय तहको क्वारेन्टाइनमा बसेका व्यक्तिहरु रहेको जनाइएको छ ।

गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माका अनुसार मनाङमा कार्यरत ति व्यक्ति केही समय अगाडि कपिलवस्तुस्थित घर पुगेर मनाङ फर्किएकाले परीक्षणका क्रममा कोरोना संक्रमण देखिएको थियो । गण्डकी प्रदेशको मनाङमा पहिलो पटक कोरोना संक्रमण पुष्टी भएको हो । पर्वत जिल्लाको क्वारेन्टाइनमा बसेकाहरुको स्वाब सङ्कलन भएपनि पोखरा स्थिति प्रयोगशालामा चापका कारण परीक्षण हुन नसकेपछि पर्वतबाट उक्त स्वाब भरतपुर पठाइएको थियो ।

पर्वतबाट भरतपुर पठाइएका स्वाब मध्य पाँच जनामा कोरोना संक्रमण पुष्टी भएको भरतपुर अस्पतालले प्रतिवेदनमार्फत जानकारी गराएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । कोरोना संक्रमण पुष्टी भएका सबैलाई जिल्लाहरुमा स्थापना गरिएका आइसोलेसनमा राखेर उपचार गर्ने तयारी सुरु गरिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया