एकैदिन हालसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित भेटिए, आज ५८६ जनामा संक्रमण पुष्टि
- असार ३, २०७७
- 0
पछिल्लो २४ घण्टामा ५८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा एकैदिन आज अहिलेसम्मकै बढी संक्रमित भेटिएका हुन । योसँगै कुल संक्रमितको संख्या ७ हजार १ सय ७७ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज अपरान्हसम्मको पछिल्लो परीक्षणमा ५४६ जना पुरुष र ४० जना महिला गरी कुल ५८६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन ।
यस्तै नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा सोमबार बेलुका मृत्यु भएकी बाँकेको बैजनाथ गाँउपालिका ६ कि ४६ वर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या पनि २० पुगेको छ ।
यस्तै आज ९ जना डिस्चार्ज भएसँगै कुल डिस्चार्ज हुनेको संख्या ११६७ पुगेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







