थप ३८० जना कोरोना सङ्क्रमित भेटिए, कुल सङ्क्रमितको सङ्ख्या ६ हजार ५९१ पुग्यो

news-details

नेपालमा पछिल्लो २४ घण्टामा थप ३८० जना कोरोना सङ्क्रमित भेटिएका छन् । योसँगै सङ्क्रमितको कुल सङ्ख्या ६ हजार ५९१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै मंगलबार अपरान्हसम्म थप ११७ जना डिस्चार्ज भएका छन भने योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ हजार १५८ पुगेको छ । हालसम्म कोरोना भाइरस ७३ जिल्लामा फैलिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया