काठमाडौमा ५ सहित थप ४५१ जना सङ्क्रमित, कुल सङ्क्रमित छ हजार २११ पुग्यो

news-details

 

पछिल्लो २४ घण्टामा काठमाडौमा ५ सहित थप ४५१ जना नयाँ कोरोना सङ्क्रमित भेटिएका छन । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ६ हजार २११ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

सोमबार अपरान्हसम्म भएका परीक्षणमा काठमाडौका २ पुरुष र २ महिला तथा ललितपुरका १ महिलामा पनि संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो चौबिस घण्टामा ६७ जना अस्पतालबाट डिस्चार्ज भएका र योसँगै हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या एकहजार ४१ पुगेको पनि मन्त्रालयले जनाएको छ ।
यस्तै लम्कीचुहा नगरपालिकामा रहेको क्वारेन्टाइनमा भएको सामूहिक बलात्कारमा स्वास्थ्यकर्मीहरु सम्लग्न भएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तिनीहरुलाई कडा कार्वाही गर्ने पनि प्रवक्ता गौतमले जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया