अब निजी प्रयोगशालालाई पनि कोरोना परीक्षण गर्न दिने र यसको खर्च आफै व्योहोर्ने सरकारको निर्णय

विदेश जानेको परीक्षण ३ वटा अस्पतालबाट हुने
news-details

सरकारले निजी प्रयोगशालाहरुलाई पनि कोरोना संक्रमणको परीक्षण गर्न दिने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा पीसीआर टेस्टका लागि संकलन भएका नमुना आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई पनि जाँच्न दिइने र यसको खर्च सरकारले व्यहोर्ने जानकारी दिएका हुन ।

त्यस्तै विदेश जानका लागि चाहिने निरोगीताको प्रमाणपत्रका लागि कोरोना परीक्षण गर्न काठमाडौंको वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र पाटन अस्पतालमा नमुना संकलन हुने पनि डा गौतमले बताए ।

पछिल्लो समय सरकारी प्रयोगशालाहरूले मात्र परीक्षण धान्न नसकेपछि सरकारले निजी प्रयोगशालाहरूलाई समेत परीक्षण गर्ने अनुमति दिएको हो । जसका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ९ वटा निजी प्रयोगशालाहरूले परीक्षणको लागि आवदेन दिएकोमा कुन-कुन निजी प्रयोगशालालाई परीक्षण अनुमति दिने कुरा भने टुंगो लागेको भने छैन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया