सुर्खेतमा मृत्यु भएका युवकमा कोरोना भएको पुष्टि, मृतकको संख्या ११ पुग्यो

news-details

सुर्खेतमा कोरोना संक्रमणका कारण एक जना युवाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ जना पुगेको छ ।

जेठ ७ गते भारतबाट फर्किएर जनता मावि विद्यापुरको क्वारेन्टीनमा बसेका पञ्चपुरी नगरपालिका वडा १ हाँसे गाउँका २० बर्षिय ती युवाको क्वारेन्टीनबाट घर फर्किएलगत्तै विहिबार बिहान २ बजेतिर एक्कासि मृत्यु भएको थियो ।

उनी घर फर्किएपछि गाउँमै रहेको सामुदायिक भवनमा बसेको र उनको त्यही मृत्यु भएको हो । यसअघि घर फर्कदा गरीएको आरडिटी टेस्टमा उनको नतिजा नेगेटिभ आएको थियो । उनको मृत्यु भएपछि बिहिबार स्वाव संकलन गरेर पिसिआर परीक्षणका लागि वीरेन्द्रनगर ल्याइएकोमा उनमा कोरोना संक्रमण पुष्टी भएकोसामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा‍ लक्ष्मी नारायण तिवारीले जानकारी दिए ।

उनको शव स्थानीय पालिकासँग समन्वय गरेर नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी गरिएको तिवारीले बताए । ती युवाको मृत्युको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने आधिकारीक रुपमा पुष्टि गर्न बाकी नै छ ।

यस अघि विहिबारै पाल्पाका एक जना ४५ वर्षीय पुरुषको पनि कोरोनाका कारण ज्यान गएकाे थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया