लकडाउन जेठ ३२ सम्म जारी, विदेशबाट नेपालीको उद्धार गर्ने कार्यसूचि मन्त्रिपरिषदबाट पारित
- जेष्ठ १७, २०७७
- 0
सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउनलाई जेठ ३२ गते सम्म लम्ब्याउने र हिजो मात्र उच्चस्तरीय समितिले पेश गरेको विदेशबाट अफ्ठयारामा परेका नेपाली फर्काउने सम्वन्धी कार्यसूचि पारित गरेको छ ।
शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लक डाउनको समयावधी बढाउनेसहित प्रभावित क्षेत्रमा सेना परिचालन गर्ने र लक डाउनको मोडालिटीबारे छलफल गरी मन्त्रिपरिषद्लाई सिफारिस गर्न समितिलाई निर्देशनसमेत दिएको छ ।
आजको बैठकले हवाई उडान र अन्तराष्ट्रिय सीमा नाकाको आवागमन असार १६ अर्थात जुन ३० सम्म बन्द गर्ने निर्णय गरेको छ । यो अवधिमा आउजाउमा कडाई गरिने समेत बताइएको छ ।
पछिल्लो समय कोरोना संक्रमित संख्या बढ्दै गएको छ। शनिबार एकै दिन १८९ जना संक्रमित थपिएका छन्। त्यस्तै, मृतक संख्या पनि ७ पुगेको छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







