कर्णालीमा भेटिए थप १२ नयाँ संक्रमित, संक्रमितको संख्या ६९४ पुग्यो

news-details

कर्णाली प्रदेशमा कोरोना मंगलबार विहान थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कर्णालीमा संक्रमितको संख्या २३ पुगेको छ भने नेपालभर कुल संख्या ६९४ पुगेको छ ।

कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार थप १२ जनामा संक्रमण पुष्टि भएको हो । सबै संक्रमितहरु भारतबाट आएका बुझिएको छ ।

मन्त्रालयका अनुसार वीरेन्द्रनगर–१ का एकजना पुरुष, वडा नम्बर २ का ४ पुरुष र एक महिला, वडा नम्बर ३ र ६ का दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै, भेरीगंगा–८ का दुई पुरुष र सिम्ता–४ का दुई पुरुषमा पनि संक्रमण देखिएको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया