थप ७ जना कोरोना संक्रमित भेटिए, चौथो व्यक्तिको मृत्यु स्वास्थ्य मन्त्रालयले पुष्टि गर्यो
- जेष्ठ १२, २०७७
- 0
सोमबार दिउसो थप ७ जना कोरोना संक्रमित भेटिएका छन । योसँगै नेपालमा संक्रमितको कुल संख्या ६८२ पुगेको छ ।
अछाम अस्पतालमा भर्ना भएका अछामको मेल्लेख गाउँपालिकाका ३२ वर्षका पुरुष, बर्दियाको गुलरिया नगरपालकिाका २२, २४ र १८ वर्षका पुरुष तथा बाराको जिराभवानी गाउँपालिकाका १८ वर्षका पुरुष र काठमाडौं घर भई कलैया बारामा कार्यरत पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैबीच वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचाररार्थ अवस्थामा गत जेठ ४ गते राती मृत्यु भई अन्तेष्टि गरिसकिएका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
स्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि भर्ना गरिएका बाराका ७० वर्षीय बृद्धको अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिरहदा जेठ ४ गते राति मृत्यु भएको थियो ।
ती वृद्धको कोरोनाको कारण मृत्यु भएको पुष्टि भएपछि अहिले नेशनल मेडिकल कलेजको आईसीयु र इमरजेन्सी कक्ष सिल गरिएको छ । अस्पताल सिल गरिएपछि त्यहाँ कार्यरत ५० डाक्टर तथा कर्मचारीलाई क्वारेन्टाइनमा पठाइएको छ ।










