थप ३६ जनामा कोरोना संक्रमण भेटियो, संक्रमितको संख्या ५८४ पुग्यो
- जेष्ठ १०, २०७७
- 0
शनिबार अपरान्ह थप ३६ जनामा कोरोना संक्रमण भेटिएको छ । यसअघि आज विहान मात्र ३२ जनामा संक्रमण भेटिएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको छ ।
शनिबार अवपरान्ह भएको परीक्षणमा बाँकेमा २७ जना, बैतडीमा ४ जना, बर्दियामा १ जना, झापामा १ जना र सुर्खेतमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ।
बाँकेका संक्रमित सबै नरैनापुर गाउँपालिका हुन् । बैतडीको शिवनाथ गाउँपालिकामा, बर्दियाको बढैयाताल गाउँपालिकामा एक जना, झापाको झापा गाउँपालिकामा एक जना संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







