थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो
- जेष्ठ ९, २०७७
- 0
नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ५०७ पुगेको छ ।
पछिल्लो पटक डडेलधुराका १, वैतडीका १, कैलालीका ३, बाकेका १४ र मोरङका १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
डडेलधुराको पराशुराम १० का २८ वर्षीय पुरुष, वैतडीको शिवनाथ १ का २२ वर्षीय पुरुष, कैलाली जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षका पुरुष तथा बाँकेको राप्ती सोनारीका २५ वर्षीय पुरुष तथा नरैनापुरका १३ जनामा संक्रमण भेटिएको हो । यस्तै मोरङको रतुवामाई २ का १ जनामा पनि संक्रमण पुष्टि भएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







