थप १७ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या ४४४ पुग्यो

news-details

पछिल्लो परीक्षण रिपोर्ट अनुसार थप १७ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमित संख्या ४४४ पुगेको छ ।

थप संक्रमण पुष्टि भएकामा झापाका मात्र १५ जना रहेका छन धने बाकी २ जना धनकुटा र सुनसरी जिल्लाका छन् ।

पछिल्लो परीक्षणमा झापा कचनकबल गाँउँपालिका ३,६ र ८ का १८,१८,१९,१९, २२, २३, २३, २५, २६, २६, २८, ३०, ३२, ३७, ४६ वर्षीय पुरूषहरू र धनकुटाका ३४ वर्षीय पुरूष तथा सुनसरी धरान उपमहानगर पालिकाकी ५१ वर्षीय महिलामा संक्रमण पुष्टि भएको तथा संक्रमित सबैको अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया