बुधबारसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ४३४, डिस्चार्ज हुने ४५ पुगे

news-details

नेपालमा बुधबार थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा संक्रमितको संख्या ४३४ पुगेको छ ।

बुधबार राती  झापामा ५ जना, धनकुटामा १ र धरानमा १ जनालाई कोरोना संक्रमण (कोभिड १९ कोरोना) पुष्टि भएको हो । यस अघि आजै २५ जना नयाँ संक्रमित भेटिएका थिए ।

कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या दुई छ । कुल संक्रमितमध्ये हालसम्म ४५ जना निको भएर घर गइसकेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया