उपत्यका कोरोना संक्रमणको उच्च जोखिममा रहेको भन्दै नाकाहरू सिल गर्न आग्रह

news-details

काठमाडौँ महानगरपालिकाले उपत्यकामा कोरोना संक्रमणको जोखिम बढने खतरा रहेको भन्दै प्रवेश गर्ने नाकाहरू सिलबन्दी गर्न सरकारसँग आग्रह गरेको छ ।

महानगरपालिकाको ४६औँ विशेष नगर कार्यपालिका बैठकले कोरोना रोकथाम र नियन्त्रणका लागि बन्दाबन्दी अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका बन्द गर्न सङ्घीय सरकारसँग माग गरेको हो ।

महानगरपालिकाको विज्ञप्तिमा ‘कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि गरिएको बन्दाबन्दीको अवधिमा उपत्यका प्रवेश गर्ने नाकाबाट अत्यावश्यक सेवा प्रवाहमा संलग्न सवारी साधन तथा पासको दुरुपयोगको गुनासो गर्दै यस्तो निर्णय गरिएको’ उल्लेख छ ।

कोरोना भाइरस सङ्क्रमणको खतरा बढ्दै गएकाले यसको रोकथाम र नियन्त्रणका लागि बन्दाबन्दी अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न नेपाल सरकार, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई पत्र लेख्ने निर्णय भएको जनाइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया