धनकुटा अस्पतालका ५ जनामा कोरोना संक्रमण पुष्टि, मंगलबार मात्र ३२ जनामा संक्रमण भेटियो

news-details

मंगलबार राती धनकुटामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै आज मंगलबार मात्र ३२ जनामा संक्रमण भेटिएको हो ।

यस अघि धनकुटा धनकुटा जिल्ला अस्पतालकी १ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएकोमा उनको सम्पर्कमा आएका अस्पतालमा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनीहरुको धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको थियो ।

यस अघि आजै २७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा संक्रमित संख्या ४ सय ७ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया