सोमबार राती थप १८ जनामा कोरोना संक्रमण पुष्टि, कर्णाली प्रदेशमा पहिलो पटक संक्रमित भेटिए
- जेष्ठ ५, २०७७
- 0
सोमबार राति थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा कर्णाली प्रदेशमा पहिलो पटक संक्रमित भेटिएका छन ।
सोमबार साझ कर्णाली प्रदेशमा पहिलो पटक दैलेखका १ जनामा संक्रमण पुष्टि भएको तथा धनुषाका २ जना, खोटाङका १ जना, बाँकेका १२ जना र सुनसरीका १ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा संक्रमितको संख्या ३७५, मृत्यु हुने २ र निको हुनेको संख्या ३६ जना पुगेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]








