अतिक्रमित भूमि समेएिको नेपालको नयाँ नक्सा मन्त्रिपरिषद्द्वारा पास
- जेष्ठ ५, २०७७
- 0
भारतद्वारा अतिक्रमित भूमि समेटेर तयार पारिएको नेपालको नयाँ नक्सा मन्त्रीपरिषदले पास गरेको छ । भूमि व्यवस्था मन्त्रालयले तयार पारेको नक्सा सोमबार बसेको मन्त्रीपरिषद बैठकले स्वीकृत गरेको हो ।
गत नोबेम्बरमा भारतले लिम्पियाधुरालाई आफ्नो नक्सामा समेटेपछि नेपालमा यस विरुद्ध चौतर्फि आवाज उठेको थियो भने संसदिय समितिले समेत सरकारलाई आफ्नो भूमि समेटेर नक्सा सार्वजनिक गर्न पटक पटक निर्देशन दिएको थियो ।
यस लगत्तै नेपालले पटक पटक कुटनैतिक माध्यमबाट वार्ताको प्रयास गर्दा वेवास्था गरेको भारतले लिपुलेकको नेपाली भूमिमा सडकनै बनाएर उदघाटन गरेपछि सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित अतिक्रमित भूमि समेटेर नयाँ नक्सा तयार गरेको हो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







