बाकेमा ४७ सहित ५३ जना कोरोना संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या ३५७ पुग्यो
- जेष्ठ ५, २०७७
- 0
सोमबार नेपालमा थप ५३ जनामा कोरोना संक्रमण भेटिएको छ । सोमबार अपरान्ह गरीएको परीक्षणमा बाकेका ४७ जनासहित कुल ५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
भेरी अस्पतालमा गरीएको परीक्षणमा बाकेमा ४६ जना पुरुष र १ जना महिला गरी ४७ जना, विराटनगर प्रादेशिक अस्पतालमा गरीएको परीक्षणमा मोरङका १ जना पुरुष, भैरहवा प्रयोगशालामा गरीएको परीक्षणमा गुल्मीका १ जना पुरुष र धुलीखेल अस्पतालमा गरीएको परीक्षणमा धनुषाका १ जना, रोतहटका १ जना, दाङका १ जना र धादिङका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
यसअघि आजै विहान रौतहटका ८ जना र बाराका १ जना गरी ९ जनामा संक्रमण पुष्टि भएको थियो ।
यो सँगै नेपालमा संक्रमिथतको संख्या ३५७ पुगेको छ भने २ जनाको मृत्यु भएको छ । निको भएर घर फर्कनेको संख्या ३६ पुगेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







