लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय
- जेष्ठ ४, २०७७
- 0
सरकारले जारी लकडाउनलाई जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साझ बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणको जोखिम थप बढ्दै गएको निष्कर्षसहित २ साता लकडाउनको समयावधी थपेर थपेर जेठ २० गतेसम्म यसलाई जारी राख्ने निर्णय गरेको हो ।
यसअघि आजै बसेको कोभिड १९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनका कारण कोरोना संक्रमण नियन्त्रणमा सहयोग पुगेको भन्दै यसलाई लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो ।
चैत्र ११ गतेदेखि जारी लकडाउनको समयावधि सोमबार मध्यरात सकिदै थियो । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुगेको छ भने २ जनाको मृत्यु भएको छ । यस्तै निको भएर घर फर्कनेको संख्या ३६ पुगेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







