शनिबार थप २ जनामा कोरोना संक्रमण, धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको परीक्षण जारी
- जेष्ठ ३, २०७७
- 0
शनिबार अपरान्ह काभ्रेका १ जनासहित थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आजै मात्र योसहित ११ जनामा संक्रमण भेटिएको हो ।
काभ्रेका २६ वर्षिय पुरुष र महोत्तरीका ५२ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
यसअघि काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएकी भनिएकी सिन्धुपाल्चोककी २६ वर्षिय महिलाको परीक्षण कार्य जारी रहेको र उनको मृत्यु कोरोनाका कारण भएको हो या होइन भन्ने अध्ययन गर्न स्वास्थ्य मन्त्रालयका प्रतिनिधी धुलिखेल अस्पताल पुगेको पनि मन्त्रालयले जानकारी दिएको छ ।
योसँगै कोरोना संक्रमितको संख्या २७८ पुगेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







