शनिबार ९ जनामा कोरोना संक्रमण पुष्टि
- जेष्ठ ३, २०७७
- 0
शनिबार विहान आएको पीसीआर रिपोर्टमा नेपालमा थप ९ जनामा कोरोना संक्रमण भेटिएको छ । विहान आएको रिपोर्टमा ६ जनामा संक्रमण पुष्टि भएकोमा पुन ३ जना थपिएका हुन ।
पछिल्लो पटक थपिएकामा कपिलबस्तुका २५, ३४ र ८८ वर्षका पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरीएको परिक्षणमा यी ३ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै यसअघि आजै विहान राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौमा गरिएको परिक्षणमा बर्दिया नार्खुका २८ वर्षिय महिला, सिरहा संखुवाका ३० वर्षिया पुरुष, पर्सा विरगंजका २८ र २९ वर्षिय पुरुष, सर्लाही रामनगरका १८ वर्षिय महिला र चितवन गढौलीकी २५ वर्षिय महिलामा संक्रमण पुष्टि भएको थियो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७६ पुगेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







