शुक्रबार मात्रै १८ जनामा संक्रमण पुष्टि, काठमाडौमा १ सहित ९ संक्रमित थपिए

news-details

शुक्रबार साझ आएको परीक्षण रिपोर्टटमा  काठमाडौका १ सहित थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि आजै ९ जनामा संक्रमण भेटिएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौ, वि पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अस्पताल नेपालगंजमा गरीएको परिक्षणमा काठमाडौं सतुंगलका ७ वर्षीय बालकसहित विरगंजका ४ जना, उदयपुरका १ जना र दाङका ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

काठमाडौ सतुंगलका ७ वर्षिया बालकसहित विरगंजका ९ र १० वर्षिया बालक, २३ र ४७ वर्षिया महिला, उदयपुर त्रियुगा नपाका २५ वर्षिया पुरुष, दाङ गठुवाका तथा तुलसीपुरका २३, ३४ र ३६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीले जानकारी दिएका छन ।

यसअघि आजै बिहान मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएका थिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुगेको छ भने निको भएर घर फर्कनेको संख्या ३६ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया