लकडाउन जेठ ५ गतेसम्म जारी राख्ने सरकारको निर्णय

news-details

सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म जारी राख्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनको समयावधी पाचौ पटक बढाएर जेठ ५ गतेसम्म् जारी राख्ने निर्णय गरेको हो ।

कोरोना संक्रमण फैलन नदिन तथा यसको नियन्त्रणका लागि सरकारले चैत ११ देखि लागू गराएको लकडाउनको समयावधी वैशाख २५ गते सकिदै थियो ।

यसअघि हिजो बसेको कोरोना रोकथाम र नियन्त्रण गर्न गठित उच्चस्तरीय समितिको बैठकले लकडाउन लम्ब्याउन सरकारलाई सुझाव दिएको थियो । लकडाउन खुकुलो बनाउन सकिने छलफल पनि चलाइएकोमा तत्काल यो अवस्था नरहेको निष्कर्ष निकाल्दै सरकारले थप १० दिन लकडाउन लम्ब्याउने निर्णय गरेको बताइएको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८२ जना पुगेको छ भने २२ जना निको भएर फर्किएका छन । निको भएकाहरुमध्ये ३ जना पुन अस्पताल भर्ना भएका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया