कोरोना कहर : समस्यामा परेका श्रमिकहरुको सहायतामा जुटदै महिला संघ
- बैशाख २४, २०७७
- 0
कोरोना भाइरस (कोभिड–१९)का कारण समस्यामा परेका दैनिक ज्यालादारी तथा मजदुरी गर्ने श्रमिकहरुको सहायताका लागि नेपाल महिला संघ जुटने भएको छ ।
लकडाउनका कारण रोजगारी नहुँदा दैनिक मजदुरी गरेर छाक टार्नेहरु घर जान सक्ने अवस्थामा पनि नरहदा र यो अवस्था अझ लम्बीरहदा उनीहरु भोकै रहने खतरा बढेको भन्दै नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघले उनीहरुको लागि अभियान संचालन गर्ने निर्णय गरेको हो ।
महिला संघ काठमाडौ जिल्ला समितिको संयोजनमा ७७ वटै जिल्लाका महिला नेतृहरु सहभागी भिडियो कन्फ्ररेन्सले कोरोना संक्रमणका कारण दैनिक ज्यालादारीमा निर्भर विशेषगरी महिला मजदूर तथा विपन्न समूदाय, अपाङगलगायतलाई सहायता गर्ने निर्णय गरेको र यसका लागि अभियान नै शुरु गरिएको नेपाल महिला संघ सिन्धुपाल्चोककी सभापति गीता नेपालले जानकारी दिइन ।
‘सरकार तथा विभिन्न मनकारीहरुले राहत वितरण गरिरहेकोमा हामी त्यसप्रति धन्यवाद ज्ञापन गर्छौ, तर सबैमाझ त्यो सहयोग पुग्न नसकेको र पुगेपनि लकडाउन अनिश्चित बनिरहदा त्यो पर्याप्त नभएको देखिएकाले संघ अघि सरेको जानकारी गराउछौ’ नेपालले बताइन ।
संघले पहिलो चरणमा काठमाडौमा रहेका दैनिक ज्यालादारीमा निर्भर मजदूर परिवार, विपन्न समूदाय, अपाङग, महिलालगायतलाई राहत सहयोग उपलब्ध गराउने र त्यसलगत्तै देशभर यो कार्य गर्ने जानकारी दिदै राहत सहायता आवश्यक भएकाहरुलाई सम्पर्क गर्न अनुरोध पनि गरेको छ ।
सम्पर्क व्यक्ति
–बिष्णु देवि पुडासैनी (नेपाल महिला संघ सभापती काठमाण्डौ) – ९८४१४१४४२५
–गीता नेपाल (नेपाल महिला संघ सभापति सिन्धुपाल्चोक) – ९८५११७९८७०
–राज्य लक्ष्मी श्रेष्ठ (पुर्व सभासद) – ९८५१२३७७६७
–गोमा केसी (पुर्व नेका जिल्ला सभापति ,ओखलढुंगा) – ९८५१०४६७९९
–कुशुम थापा (नेपाल मगर संघ केन्द्रिय उपाध्यक्ष) – ९८४१३२९३१८
–सरस्वती ढुंगाना (नेपाल ट्रेड युनियन कांग्रेस, केन्द्रिय सदस्य) – ९८५११८९७९७










