‘लकडाउन’ वैशाख २५ गतेसम्म जारी राख्ने सरकारको निर्णय

news-details

सरकारले लकडाउनको समयावधि थप १० दिन लम्ब्याउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख २५ गते सम्म लकडाउनलाई जारी राख्ने निर्णय गरेको हो ।

चौथो पटक थपिएको लकडाउनको समयावधि भोली सोमबार बैशाख १५ गते सकिदै थियो ।

यसअघि शनिबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले लकडाउनले कोरोना नियन्त्रणमा सरकारी प्रयास सफल बनेको भन्दै यसलाई जारी राख्न भन्दै विभिन्न मोडलसहित सरकारले लकडाउनको मोडालिटी बनाउन तय गरेको कार्यदललाई सुझाव दिएको थियो ।

सरकारले पहिलो पटक चैत ११ बाट १८ गतेसम्मका लागि लकडाउन घोषणा गरेकोमा त्यसलाई थप गरेर चैत्र २५ गतेसम्म लम्व्याएको थियो । तर, यो अवधिमा थप कोरोना संक्रमित भेटिएपछि सरकारले पुन बैशाख ३ सम्म लकडाउन जारी राखेकोमा चौथो पटक समय थप गरी बैशाख १५ सम्म लकडाउन जारी राख्ने निर्णय गरेको थियो ।

नेपालमा हालसम्म ५२ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा १६ जना उपचारपछि घर फर्किसकेका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया