वीरगन्जको नारायणी अस्पतालमा उपचाररत ४ जना कोरोनामुक्त, निको हुनेको संख्या १६ पुग्यो

news-details

कोरोना संक्रमणको पुष्टिपछि वीरगन्जको नारायणी अस्पतालमा उपचार गराइरहेका चार जना कोरोना संक्रमित व्यक्ति कोरोनामुक्त भएपछि घर पठाउने तयारी गरिएको छ ।

कोरोनामुक्त हुनेमा ३ जना भारतीय नागरिक र १ जना नेपाली नागरिक रहेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनीहरुलाई आज आइतबार नै डिस्चार्ज गरेर घर पठाउने तयारी थालिएको छ ।

गत चैत ३० गते वीरगन्जको छपकैयास्थित एक मस्जिदमा रहेका तीन जना भारतीयमा कोरोना संक्रमण देखिएपछि उक्त अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो भने अर्का एक नेपाली नागरिक रौतहटका हुन ।

नेपालमा हालसम्म ४९ जना कोरोना संक्रमित भेटिएकोमा योसँगै कोरोनाबाट निको हुनेको संख्या पनि १६ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया