बाग्लुङकी १९ वर्षिया युवती उपचारपछि घर फर्किइन, चितवनका युवकलाई डिस्चार्जको तयारी

news-details

कोरोना संक्रमणको उपचार गराइरहेकी बाग्लुङकी १९ वर्षिया युवती कोरोना मुक्त भएर अस्पतालबाट घर फर्किएकी छिन ।

धवलागिरि अञ्चल अस्पतालमा उपचार गराइरहेकी उनी कोरोनामुक्त भएपछि शुक्रबार बेलुका अस्पतालले डिस्चार्ज गरेको हो । उनी चैत ४ गते बेल्जियमबाट कतार एयरवेजको विमान हुँदै नेपाल आएकी थिइन् । उनको चैत १५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

योसँगै उपचारपछि घर फर्कनेको संख्या पनि ११ जना पुगेको छ ।

यस्तै भरतपुर अस्पतालमा कोरोना संक्रमणको उपचार गराइरहेका चितवनका एक युवक पनि कोरोना भाइरसमुक्त भएपछि अस्पतालले डिस्चार्जको तयारी गरेको बुझिएको छ ।

चैत्र ५ गते बेलायतबाट नेपाल फर्किएका चितवनका आमाछोरामा बैशाख ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ती युवकको पछिल्लो २ परिक्षणमा नेगेटिभ रिपोर्ट आएकाले उनलाई डिस्चार्ज गर्ने तयारी गरिएको अस्पतालले जनाएको छ । तर उनकी आमाको भने पोजेटिभ नै रिपोर्ट आएकाले उनको थप उपचार जारी रहने बताइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया