टेलिभिजनकर्मी हेमन्त गौतमलाई मातृशोक
- बैशाख ८, २०७७
- 0
रंगकर्मी, कलाकार तथा टेलिभिजनकर्मी हेमन्त गौतमलाई मातृशोक परेको छ ।
नेपाल टेलिभिजनमा बाल कार्यक्रम ‘हिंड्दा हिंड्दै’ निर्माण, निर्देशन तथा सञ्चालन गर्दै आउनुभएका हेमन्त गौतमकी ममतामयी माता साबित्रा गौतमको सोमबार राति सवा बाह्र बजे निधन भएको हो ।
८९ वर्षीया गौतम लामो समयदेखि कलेजो सम्बन्धित रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको सिनामंगलस्थित नोबेल अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । उहाँलाई आईतबार दिउँसो उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो ।
ताप्लेजुङमा जन्मिनु भएकी दिवंगत गौतमका हेमन्त गौतमसहित दुई छोरा तथा चार छोरीहरु हुनुहन्छ ।
टेलिभिजनकर्मी गौतम उहाँका कान्छा छोरा हुनुहुन्छ । उहाँ संखुवासभा काठमाडौ जर्नलिस्ट एसोशिएसन का अध्यक्ष पनि हुनुहुन्छ ।
उहाँका श्रीमान् देवीप्रसाद गौतमको २० वर्षअघि नै निधन भएको हो भने माइला छोरा खुलानाथ गौतमको केही महिनाअघि झापामा निधन भएको थियो ।
उहाँको सोमबार बिहान पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ शोकाकूल गौतम परिवारप्रति हार्दिक श्रद्धाञ्जली ।










