वायुसेवा निगमको कार्यकारी अध्यक्षमा सुशील घिमिरे नियुक्त
- बैशाख ३, २०७७
- 0
सरकारले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा पूर्वसचिव सुशील घिमिरेलाई नियुक्त गरेको छ । मंगलबारको मन्त्रीपरिषद बैठकले घिमिरेलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो ।
यसअघिका कार्यकारी अध्यक्ष मदन खरेल कार्यकाल पूरा नगरी ०७६ माघमा राजीनामा दिइ अष्ट्रेलिया लागेपछि उक्त पद रिक्त रहेको थियो ।
घिमिर पर्यटन सचिव हुँदा १८ महिना निगमको संचालक समितिको अध्यक्ष थिए भने पर्यटन मन्त्री योगेश भट्टराईले घिमिरेकै अध्यक्षतामा निगम सुधार सम्वन्धि कार्यदल गठन गरेकोमा उक्त कार्यदलले असोज १ गते विस्तृत प्रतिवेदन बुझाएको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







