काठमाडौंको सनसिटी अपार्टमेन्टबाट पाटन अस्पताल लगिएका दुई जनामा कोरोना संक्रमणको पुष्टि
- बैशाख २, २०७७
- 0
काठमाडौ पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट सोमबार कोरोना आशंकामा पाटन अस्पताल पु¥याइएका ३ जनामध्ये २ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने १ जनाको रिपोर्ट आउन बाँकी रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।
उनीहरु गत चैत्र ५ गते बेलायतबाट फर्किएर सनसिटी अपार्टमेन्टको १५ औ तल्लामा बस्दै आएका थिए । विदेशबाट फर्किएकाहरुको र्यापिड टेष्ट गर्ने क्रममा ३ जनामा पोजेभिट देखिएपछि सोमबार पाटन अस्पतालको आइसुलेसन कक्षमा भर्ना गरेर टेकु अस्पतालमा पिसिआर विधिमार्फत थप परिक्षण गर्दा २ जनामा संक्रमण भएको पुष्टि भएको हो भने थप १ जनाको विवरण आउन बाकी रहेको छ ।
यी ३ मा कोरोना संक्रमणको आशंका भएलगत्तै प्रहरीले सोमबारबाटै सनसिटी अपार्टमेन्टलाई शिलबन्दी गरेर आउजाउमा कडाई गरेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







