कैलालीमा एक बृद्धामा भेटियो कोरोना संक्रमण, संक्रमितको संख्या १३ पुग्यो

news-details

कैलालीको लम्कीमा एक ६५ वर्षीया बृद्धामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भेटिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ ।

वीरगञ्ज नाकामा चिया पसल गर्ने ती बृद्धा अन्य यात्रुहरुसँगै १७ चैतमा विरगंजबाट लम्की आएकी थिइन् । सुरुमा उनीसहितका अन्य यात्रुलाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखेर र्‍यापिड टेष्ट गर्दा सबैको रिपोर्ट नेगेभिट आएपछि २८ चैतमा घर पठाइएको थियो ।

संक्रमित देखिएकी ती बृद्धा महिला पनि परीक्षण नेगेटिभ देखिएपछि भुरुवास्थित आफन्तकहाँ गएकी थिइन् । तर पीसीआर विधिबाट काठमाडौंमा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण भएको पुष्टि भएपछि उनलाई आफन्तको घरबाट सेती प्रादेशिक अस्पताल, धनगढीमा लगिएको जानकारी दिइएको छ ।

उनीसँगै विरगंजबाट आएका यात्रुहरु ३४ जना भएपनि १६ जनाको पहिचान भएर क्वारेन्टाइनमा राखिएपनि बाकी १७ जनाको पहिचान गर्ने काम भैरहेको बताइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया