वीरगंजमा बसिरहेका ३ भारतीय नागरिकमा कोरोना संक्रमण भएको पुष्टि

news-details

पर्साको वीरगंजमा बसिरहेका ३ भारतीय नागरिकमा कोरोना संक्रमण रहेको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या १२ पुगेको छ ।

हेटौँडामा रहेको प्रयोगशालामा २४ भारतीय नागरिकसहित ३३ जनाको नमूना परीक्षण गर्दा यी ३ जनाको परीक्षण पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि काठमाडौँको टेकुस्थित प्रयोगशालामा ल्याएएकोमा त्यहाँ पनि नतिजा पोजेटिभ आएको जनाइएको छ ।

मुस्लिम धार्मिकसभामा सहभागी हुन उत्तरप्रदेश र दिल्लीबाट आएका भारतीय नागरिकहरु लकडाउनका कारण भारत फर्कन नपाएपछि वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा बस्दै आएको स्थानीयले बताएका छन् । उनीहरुमा कोरोना संक्रमणको शंका लागेपछि स्वाव संकलन गरेर परीक्षणका लागि हेटौडा लगिएको थियो ।

३ जनामा संक्रमण भेटिएपछि थप अन्यमा संक्रमण फैलिएको हुनसक्ने आशंकामा प्रहरी तथा स्थानीय प्रशासनको समन्वयमा २६ जना मुस्लिम धर्मका प्रचारकलाई क्वारेन्टाइनमा पठाइएको र संक्रमित ३ जनालाई उपचारका लागि नारायणी क्षेत्रीय अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको बताइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया