सरकारले लकडाउनको समयावधि लम्ब्यायो, बैशाख ३ सम्म जारी रहने
- रोजगारमञ्च
- चैत्र २४, २०७६
- 0
सरकारले कोरोना संक्रमण फैलन नदिन लकडाउनको समय पुन ८ दिन थप गरेको छ । सोमबार अपराह्न बसेको मन्त्रिपरिषद्को बैठकले जारी रहेको लकडाउन बैशाख ३ सम्म लम्ब्याउने निर्णय गरेको हो ।
यस अघि सरकारले पहिलो पटक चैत ११ बाट १८ गतेसम्मका लागि लकडाउन घोषणा गरेकोमा त्यसलाई थप गरेर चैत्र २५ गतेसम्म लक्ब्याएको थियो । तर, यो अवधिमा थप कोरोना संक्रमित भेटिएपछि सरकारले पुन : दोश्रो पटक लकडाउनको म्याद थपेको हो ।
यसअघि आइतबार बसेको कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकले लकडाउनको अवधि थप गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







