चीनबाट निजी क्षेत्रले झिकाएको कोरोना संक्रमण उपचारको चिकित्सा सामाग्री काठमाडौं आइपुग्यो

news-details

कोरोना संक्रमण उपचारको मेडिकल सामग्री लिन चीनको ग्वाङ्जाओ गएको नेपाल वायु सेवा निगमको जहाज शुक्रबार विहान ३ बजे उक्त सामाग्री लिएर काठमाडौ आइपुगेको छ ।

चौधरी फाउन्डेसन तथा निजी अस्पतालले मगाएका कोरोना संक्रमण उपचारका सामाग्रीहरु लिएर आएको उक्त जहाजमा के–कति सामान आइपुगेका छन भन्ने यकिन जानकारी आएको छैन ।

कोरोना उपचारका सामाग्री लिन निजी अस्पतालका सञ्चालकहरुले नेपाल एयरलाइन्सको उक्त जहाज चार्टर्ड गरेर चीन लगेका थिए ।

यसअघि चैत १६ गते निगमकै वाइडबडी जहाजमार्फत सरकारले मगाएको स्वास्थ्य सामग्री ग्वाङ्जाओबाट ल्याइएको थियो । तर विना प्रतिष्पर्धा महँगो मूल्यमा उक्त सामाग्री ल्याउने सम्झौता गरिएको भन्दै आलोचना खेप्नु परेपछि सरकारले उपकरण खरिद सम्झौता नै रद्ध गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया