पेट्रोलियम पदार्थको मूल्य घटयो, पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १० रुपैयाँले कमी

news-details

बुधबार रातीबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाका दरले घटेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

निगम संचालक समितिको बुधबार बसेको बैठकले बुधबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजल र मटितेलको साविकको खुद्रा विक्री मूल्य प्रतिलिटर १० रुपैयाँले घटाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन ।

नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य ९६ रुपैयाँ प्रतिलिटर, डिजेल र मट्टितेलको ८५ र हवाई इन्धनको ७५ रुपैयाँ आन्तरिक र ९५० प्रतिकिलोलिटर पर्ने छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया