कोरोना नियन्त्रणमा नेपाललाई चीनले सहयोग गर्ने, आज भिडियो कन्फरेन्स हुदै
- रोजगारमञ्च
- चैत्र ७, २०७६
- 0
कोरोना भाइरस नियणत्रणका लागि चीन सरकारले आवश्यक मेडिकलदेखि प्राविधिक जनशक्तिसहितको सहयोग दिने प्रस्ताव राखेपछि आज त्यस विषयमा नेपाल र चिनबीच भिडियो कन्फरेन्स हुने भएको छ ।
नेपाल र चीनबीच दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरवारबाट भिडियो कन्फ्रेन्स हुन लागेको र सो अवसरमा नेपालसहित दक्षिण एशियाली देशहरुको सहभागिता रहने परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन ।
भिडियो संवादमा स्वास्थ्य र परराष्ट्र मन्त्रालयका अधिकारीहरु सहभागि हुनेछन् । उक्त भिडियो कन्फरेन्समा चिनले कोरोना नियणत्रणमा चालेका अभियानको अनुभव आदानप्रदानदेखि लिएर लिन सकिने सहयोगका विषयमा छलफल हुने जनाइएको छ ।
चीनले सहयोग गर्ने प्रस्ताव गरे अनुसार चिन सँग के के सहयोग लिने भन्ने सूची तयार भएको र उक्त विषयमा पनि छलफल हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना संक्रमण विश्वभर तिब्र गतिमा फैलिइरहदा चीन सरकारले भने यसलाई लगभग नियन्त्रण गरिसकेको छ । आफ्नो देशमा कोरोना संक्रमण नियणत्रण गर्न सफल चीनले इटाली, स्पेन र फ्रान्सलाई आवश्यक सामग्री र चिकित्सक पठाएर सहयोग गरिरहेको छ ।










