अमेरिका दूतावासद्वारा भिसा प्रकृया कोरोना भाइरसका कारण स्थगन
- रोजगारमञ्च
- चैत्र ३, २०७६
- 0
नेपालस्थित अमेरिकी राजदूतावासले डाइभर्सिटी भिसा र गैरआप्रवासी भिसा अपोइन्टमेण्ट स्थगन गर्ने निर्णय गरेको छ ।
कोरोना संक्रमणले विश्वव्यापी रूप लिइरहेका बेला दूतावासले मंगलबारबाट लागू हुनेगरी दैनिक गर्दै आएको भिसा प्रकृया रे यस्तो निर्णय लिएको हो ।
यसअघि नै बुझाएको भिसा वापतको शुल्क भने पछि मान्य हुने दूतावासले जनाएको छ । दूतावासका अनुसार, यसको प्रयोग एक वर्षभित्र जहाँ खरिद गरिएको हो, सोही मुलुकको भिसा आवेदनका लागि प्रयोग हुनेछ ।
कुनै आपतकालीन अवस्था छ भने तत्काल दूतावासमा सम्पर्क गर्न र दूतावासले तोकेको मापदण्डअनुसार आपतकालीन अप्वइन्टमेन्टको लागि प्रक्रिया अघि बढाउन दूतावासले भनेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







