कोरोनाले खाडी प्रभावित : साउदी अरवले पनि रोक्यो दुई हप्तालाई उडान

news-details

साउदी अरेवियाले कोरोना भाइरसको संक्रमण रोक्ने उद्देश्यले दुई हप्ताका लागि अन्तराष्ट्रिय उडान रोक्ने निर्णय गरेको छ । आइतवार देखि नै लागु हुनेगरी अन्तराष्ट्रिय उडान रोकिने साउदी अरवको आन्तरिक मन्त्रालयले जनाएको छ ।

शुक्रवार २४ जना नयाँ विरामी थपिएसँगै साउदी अरेवियामा कोरोना भाइरसका संक्रमितको संख्या ८६ पुगेको छ । त्यसैले संक्रमणलाई फैलिन नदिन भन्दै साउदी अरवले यस्तो निर्णय गरेको हो । साउदी प्रेस एजेन्सीलाई उधृत गर्दै अरव न्यूजले अन्तराष्ट्रिय उडान आइतवार विहान ११ बजेदेखि रोकिने उल्लेख गरेको छ । मन्त्रालयले दुई साता बीचमा केहि ‘अपवाद स्वरुप’ भनें उडान हुने बताएको छ ।

यसबीचमा साउदी अरवबाट फर्किन चाहनेहरुका लागि भनें स्वास्थ्य मन्त्रालय, अन्तरिक मन्त्रालय, उड्डयन प्राधिकरण लगायतको समन्वयमा व्यवस्था हुने जनाइएको छ ।

यसअघि कुवेतले पनि दुई हप्ताका लागि उडाउन रोकिसकेको छ भनें कतारले १४ मुलुकबाट ति मुलुकका नागरिकलाई आउन बन्देज लगाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया