प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण हुने

news-details

प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मिर्गौला प्रत्यारोपण हुने भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रत्यारोपणको सबै तयारी पुरा भएको छ।

आइतबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो उपचारबारे जानकारी गराएका थिए। उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण गर्न लागिएको हो। यस अघि उनको २०६३ सालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।

केही समयअघि उनको मिर्गौलाले काम गर्न छोडेको थियो। त्यसपछि उनले नियमित डायलासिस गरिरहेका थिए।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया