पूर्वसचिव अर्जुन कार्कीकी श्रीमतीको उपचारको क्रममा मृत्यु, कामदार झुण्डिएको अवस्थामा मृत भेटिए
- माघ २७, २०७६
- 0
पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको हत्या प्रयास भएको छ भने उनीसँगै घरमा काम गर्ने कामदार विजय चौधरी मृत भेटिएका छन ।
घटनामा गम्भिर घाइते भएकी श्रीमती कार्कीलाई स्टार अस्पताल पु¥याइएकोमा उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
कार्कीको सानेपास्थित निवासमा सोमबार बिहान रगतले लत्पतिएर अचेत रहेको अवस्थामा श्रीमती मुना कार्की र डोरीमा झुण्डिएको अवस्थामा कामदार चौधरी भेटिएको प्रहरीले जनाएको छ । चौधरीले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
विहान मर्निङ वाक र मन्दिर दर्शन गर्न निस्किएका सचिव कार्की घर फर्कदा उक्त अवस्थामा दुवै जनालाई भेट्टाएका थिए ।
प्रहरीको टोली र फरेन्सिक विज्ञको टोलीले घटनास्थलमा अनुसन्धान गरिरहेको छ । । घटना कसले र किन गरायो भन्ने खुलेको छैन । घटनामा प्रयोग भएको हतियारबारे पनि प्रहरीले खुलाएको छैन ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







