उद्धारको पखाईमा रहेका नेपाली विद्यार्थी लिन नेपाल एयरलाइन्सको वाइडबडी विमान शुक्रबार चीन जादै
- माघ २७, २०७६
- 0
चिनमा कोरोना भाइरस प्रभावित क्षेत्रमा उद्धारको पर्खाइमा बसेका नेपाली विद्यार्थी लिन आगामी शुक्रबार नेपाल एयरलाइन्सको वाइडबडी विमान चीन जाने भएको छ । प्रधानमन्त्री कार्यालयको निर्देशन पछि उक्त विमान फागुन ३ गते चीन पठाउने तयारी भएको संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले जनाएको छ ।
चीनबाट नेपाली विद्यार्थीहरुलाइ ल्याउनको लागि परराष्ट्र, पर्यटन, स्वास्थ्य मन्त्रालयसमेतका अधिकारीहरु रहने गरी समिति गठन गरिएको छ । समितिमा नेपाल एयरलाइन्सका प्रतिनिधि पनि रहेका छन ।
कोरोना भाइरसको उद्गम थलो चीनको वुहानबाट करिब १८० जना नेपालीहरुलाई बेइजिङस्थित नेपाली दूतावाससँगको समन्वयमा सरकारले उद्धार गर्ने तयारी गरेको हो । वुहानमा अधिकांश अध्ययनका लागि गएका नेपालीहरु छन् ।
उनीहरुले आफूहरुको छिटो उद्धार गरिदिन सरकारलाई आग्रह गर्दै आएका छन् । उनीहरुका अभिभावकहरुले आफ्ना छोराछोरीको छिटो उद्धार गरिदिन माग गर्दै गृह मन्त्रालय, पर्यटन मन्त्रालय, स्वास्थ्य मन्त्रालय, मानव अधिकार आयोग लगायतको ध्यानाकर्षणसमेत गराएका थिए ।










