कोरोना भाइरसले तातोपानी र रसुवागढी नाकाबाट आउने पर्यटकलाई रोक
- रोजगारमञ्च
- माघ १५, २०७६
- 0
कोरोना भाइरसको सङ्क्रमण बढेको भन्दै चीन–नेपालको सिमाना तातोपानी र रसुवागढी नाकाबाट पर्यटकहरु आउन १५ दिनका लागि रोक लगाइएको छ ।
नेपाल–चीनको आपसी सहमतिमा तातोपानी र रसुवागढी नाकाबाट १५ दिनको लागि नेपाल आउने पर्यटकको लागि रोक लगाइएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिएका छन् ।
चिनियाँ पर्यटकको आवागमन भइरहेको बेला सङ्क्रमण हुनसक्ने भन्दै आवागमनमा रोक लगाइएको प्रवक्ता शर्माको भनाइ छ । चीनमा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि रोक लगाइएको हो । हालसम्म १ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।
नेपालमा पनि कोरोना भाइरस देखिएकाले सर्तकता अपनाउन सरकारले अपील गरिरहेको छ ।
सम्बन्धित शीर्षकहरु
0 प्रतिक्रिया
ताजा अपडेट
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







