पर्यटन बोर्डले पायो नयाँ नेतृत्व, सिइओमा धनन्जय रेग्मी नियुक्त
- माघ १५, २०७६
- 0
नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा डा. धनन्जय रेग्मी नियुक्त भएका छन् । मगलबार बोर्डका अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदरबहादुर अधिकारीको अध्यक्षतामा बसेको बैठकले रेग्मीलाई सिइओमा नियुक्ति गरेको हो ।
यसअघि सिइओका लागि बोर्डले ३ जनाको नाम शिफारिस गरी पठाएको थियो । संचालक समितिमा पठाइएको उक्त सूचीमा डा. धनन्जय रेग्मी, दीपक बस्ताकोटी र हिक्मतसिंह ऐरको नाम रहेकोमा जसमध्ये रेग्मीलाई नियुक्ति गरिएको हो ।
निवर्तमान दीपकराज जोशीको कार्यकाल सकिएपछि गत मङ्सिर १८ गते विज्ञापन खुलाइएको थियो । विज्ञापनपछि १७ जनाले आवेदन दिएका थिए ।
रेग्मी नेपालको हिमाली भू-वैज्ञानिक र हिमनदी विज्ञका रुपमा चिनिन्छन् । उनको कार्यकाल चार वर्षको रहने छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







