प्रदेश १ को मन्त्रिपरिषद विस्तार, चार जना राज्यमन्त्री थपिए
- रोजगारमञ्च
- माघ ५, २०७६
- 0
प्रदेश १ को मन्त्रिपरिषद विस्तार भएको छ। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले चार जना राज्यमन्त्री थप गरेका हुन्। जसमा ओखलढुंगाका अम्बिर गुरुङ, इलामका रामबहादुर रानामगर, झापाकी जसमाया गजमेर र मोरङका विजयकुमार विश्वास छन्।
गुरुङलाई भौतिक पूर्वाधार राज्यमन्त्री, रानामगरलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री, गजमेरलाई सामाजिक विकास राज्यमन्त्री, विश्वासलाई उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।
उनीहरुलाई मुख्यमन्त्री राईले आइतबार नै पद तथा गोपनियताको सपथ गराए।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







